काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दुईजना नेताले अझै दिएका छैनन् । तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनिए पनि दुई नेताले सो म्याद सकिँदा समेत जवाफ पठाएका छैनन्वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका छन् । तर सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने त्यसको जवाफ शुक्रबार बिहानसम्म पनि नदिएको एमाले केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले बताए ।‘माधव नेपाल र भीम रावलले ‘कन्फ्लिक्ट लेटर’ बुझाउनुभएको छ तर घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले अझै बुझाइसक्नु भएको छैन,’ कार्यालय सचिव रिजालले रातोपाटीसँग भने ।  नेता भुषालले जवाफ दिने तयारी भएपनि आज दिउँसो आफ्नो पक्षको केन्द्रीय समिति र अपरान्ह दलको बैठक भएकाले अझै समय लाग्ने बताए ।

‘आज पनि सकिएला जस्तो छैन । किनभने, पार्टीकै दुईवटा कार्यक्रम छन् । यो सकेपछि भोली वा पर्सी बुझाउने गरी तयार हुँदैछ’, भुषालले भने, ‘एकदुई दिन समय लाग्ला जस्तो छ ।’ त्यस्तै अर्का नेता पाण्डेले पनि आफू र भुषालसँगै स्पष्टीकरणको जवाफ दिने बताए ।यसअघि गत साता बालुवाटारमा बसेको नेकपा एमालेको ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टी अनुशासन उल्लंघन तथा गुटबन्दी गरेको भन्दै नेता नेपालसहित रावल, पाण्डे र भुषाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले चारै जना नेताहरुलाई फरकफरक पत्र पठाउँदै स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरण सोधिएका नेताहरुले चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने ओली पक्षको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय