काठमाडौं–मोटरसाइकल दुर्घटनामा परी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) को मुत्युु भएको छ।पिएसओ असई मदनजंग कापरले चलाएको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई एक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको धनुषाको एसपी प्रकाश रानाभाटले बताए।असई कापरको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मोटरसाइकल ठक्कर दिएपछि ट्रक भने फरार भएको छ।ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान दुर्घटना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय