काठमाडौं, १३ चैत । नेकपा एमालेका सांसद महेश वस्नेतले डिल्ली बजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा बस्नेत चौधरीलाई भेट्न डिल्ली बजार कारागार पुगेका हुन् । सत्ता संकटमा फसेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको समर्थन जुटाउन डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीलाई छुटाउने तयारी गरेका छन् ।

त्यसैका लागि वस्नेतले भेट गरेको जनाइएको छ । भेटमा वस्नेतले ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको दावी गरिएको छ । जसपाले आफ्नो पार्टीको समर्थन पाउन चौधरीसहित मधेस–थरुहट आन्दोलनका बन्दी छाड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले आफू जसपाको माग पूरा गर्न तयार रहेको भन्दै सरकारलाई समर्थन दिन बारम्बार आग्रह गर्दै आएका छन् । यसैका लागि दुबै दलले कार्यदलस्तरमा छलफल गरेका छन् भने शीर्ष तहमा पनि पटक पटक छलफल भइरहेको छ ।

थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते रेशम चौधरीको नेतृत्वमा कैलालीको टीकापुरमा एक बालक, प्रहरीको एसपीसहत ९ जनाको हत्या गरिएको थियो । उक्त घटनामा चौधरीलाई दोषी ठहर गरी अदालतले जन्मकैदको सजाय दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah