
काठमाडौं, १४ चैत । वायु प्रदूषणका कारण आज (शनिबार) पनि विहानैदेखि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएको छ ।
प्रदूषण बढेर कम भिजिबिलिटी भएका कारण शनिबार हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थलले जनाएको छ । विमानस्थल टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित भएको छ ।
सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए भने शनिबार विमानस्थल ठप्प छ । कुन समयमा उडान अवतरण शुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने तर भिजिबिलिटी निगरानी गरिरहेको विमास्थलका अधिकारीले बताएका छन् । शुक्रबार दिउँसोदेखि काठमाडौंको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ । हिजो पनि दिनभरजसो आन्तरिक र बाह्य उडान प्रभावित भएको थियो । फाइल तस्बिर