काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई मिलेर सरकार बनाउन आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरलाई भने, ‘हामी मिलौँ, हप्ता दश दिनमा तपाईं सरकारको नेतृत्व गर्नुस्, र सबै माग पुरा गर्नुस् । ओली कहाँ किन धाइ रहनु भएको छ ?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तपाईले मलाई चिन्नु नै भएको छ, उनले महन्थ ठाकुरलाई भने, मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको कुरा पनि तपाईंलाई थाहा छ । अनि दिनका दिन उहाँ कहाँ किन धाइ रहनु भएको छ ।’