विवादका बाबजुद राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दमक नगर अधिवेशन सकिएको छ । अध्यक्षमा पुन्य संग्रौलाले पनि उमेद्धारी दिएपछि ससंकित बनेको राप्रपा नेतृत्वलाई हेमराज सुबेदीलाई अध्यक्ष बनाउन निकै मेहनत गर्नु पर्यो । लाग्थ्यो कि नेतृत्वले हेमराज बाहेकलाई नगर अध्यक्ष स्विकार गर्ने छैन् । किनकी नगर अध्यक्षका लागि हेमराज सुवेदी र संग्रौलाको उमेद्धारी परेको थियो ।
नेतृत्व र निर्वाचन समितिका संयोजकले मिल्न दुबै उमेद्धारलाई समय दियो । तर दुबै उमेद्धारले नाम फिर्ता नलिने बताएपछि निर्वाचनबाट नै अध्यक्ष छनोट हुने लगभग निश्चित थियो । तर नेतृत्वले त्यसलाई स्विकार गरेन् । र संग्रौलालाई नाम फिर्ता लिन पटक पटक दबाब दिएको थियो । त्यस किसिमको दबाब एक पटकपनि सुबेदीलाई दिइएन् । जुन दृश्यले राप्रपाको नेतृत्वले नगर अध्यक्षमा सुबेदीलाई भित्री रुपमा राख्ने निर्णय नै गरेको भान हुन्थ्यो ।
संग्रौलालाई राप्रपाका सबैजसो नेताहरुले पटक पकट तानेर बाहिर निकाल्न खोजेका थिए भने सोहि क्रममा नाम फिर्ता लिन दबाब पनि दिएका थिए । तर सुबेदीलाई भने कसैले केहि भनेनन् । जसले गर्दा संग्रौलाले अन्तत मञ्चबाटनै दबाब थेग्न नसकेर उमेद्धारी फिर्ता लिए भनेर घोषणा नै गर्न पुगे । उनको यो घोषणासँगै सुबेदी नगर अध्यक्ष बन्न पुगे । त्यस्तै वडाबाट नगर समितिमा ३ जना सदस्य पठाउने विषयमा वडा नम्बर ८ ले विवाद जनाएको थियो ।
आठका केहि सदस्यहरुले पार्टीको विधान र पद्धति विपरीतका निर्णय मान्य नहुने भन्दै असहमति जनाएपछि केहिबेर अधिवेशमा खैलाबैला समेत भएको थियो । पछि वडा नम्बर ८ बाट पनि ३ जना सदस्य चयन गरियो । तर आजको नगर अधिवेशनको झलकले भने राप्रपा दमक विबादले झेलिएको र संगठन आन्तरीक बिबादका कारण झन कम्जोर बन्दै गएको देखिएको छ भने विगतको जस्तै पार्टीको नेतृत्व पंक्तिमा टिके प्रथा कायमै रहेको प्रष्ट देखिएकोे छ ।
लोकत्रान्त्रिक पार्टीको संज्ञा दिदै आएको राप्रपाको आजको नगर अधिवेशनको दृश्यले पार्टीमा लोकतान्त्रिक पद्धति भने भाषणमा मात्र सिमित रहेको देखिएको छ । अधिबेशनले अध्यक्ष छनोट अगाबैै १० वटै वडाले नगर समितिका लागि छनोट गरेका तीन–तीन जना सदस्य घोषणा गर्दै ३० नगर सदस्यको नाम सार्बजनिक गरेको थियो । अधिवेशनका क्रममा पार्टीका अग्रज नेताकार्यकर्ताहरुलाई खादा लगाइ सम्मान समेत गरिएको थियो ।










