काठमाडौं– पशुपति क्षेत्र विकास कोषले २ अर्ब भन्दा बढी रुपैयाँको माटो बेच्ने गरी गरेको टेन्डर रद्द गरेको छ।कोषले फागुन २३ गते गरेको टेन्डर चैत १२ गते सूचना प्रकाशित गरी रद्द गरेको हो। कोषले न्युनतम् २ अर्ब १२ करोड ५० लाख मूल्य कबोल गनुपर्ने गरी ठेक्का आह्वान गरेको थियाे।कोषले गोठाटारमा रहेको ५३६ रोपनी क्षेत्रफलको जग्गामा रहेको बालुवा, माटो, र ढुंगा निकालेर बेच्न दिने गरी टेन्डर गरेको थियो। बोलपत्र गर्दा कोषले ५३ लाख ७७ हजार ५०३ घनमिटर माटो र बालुवाको ठेक्का लगाउने गरी टेन्डर गरेको थियो।विकास कोषको माटो बेच्ने विषय एक दशकदेखि विवाद हुँदै आएको थियो। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा पशुपतिबाट माटो नपाएको भन्दै सान्जोसेले समेत विमानस्थल स्तरोन्ततिको काम गरेको थिएन।काम नगरेपछि ठेक्का समेत रद्द भएको थियो। टेन्डरमा ३७ लाख ६४ हजार २७१ घनमिटर बालुवा र १६ लाख १३ हजार २५९ घनमिटर माटो उत्खनन् गर्नुपर्ने उल्लेख थियो।
पशुपति क्षेत्र विकास कोषले गर्यो २ अर्बभन्दा बढीको माटो बेच्ने ठेक्का रद्द
सवालनेपालसंवाददाताआइतबार, १४ चैत २०७७

पशुपति क्षेत्र विकास कोषले गर्यो २ अर्बभन्दा बढीको माटो बेच्ने ठेक्का रद्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



