प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रतिनिधि सभा बैठकलाई प्रभावकारी ढंगले संचालन गर्ने विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ । प्रतिनिधि सभाले बिजनेस नपाएको सन्दर्भमा सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न चाहिरहेको बताएका थिए ।लोकान्तरसँगको कुराकानीमा आइतवार प्रधानमन्त्री ओलीले सभामुखले भेटन चाहेमा भेट्ने बताएका थिए ।प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता भएको थिएन ।पुस ५ गते तत्कालीन नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सभामुख सापकोटाको भूमिकालाई लिएर ओलीले असन्तुष्टि जनाएका थिए ।यस्तै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिएको भन्दै सभामुखको भूमिकाप्रति पनि ओलीले असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले गरे भेटवार्ता
सवालनेपालसंवाददाताआइतबार, १४ चैत २०७७

प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले गरे भेटवार्ता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



