प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय