नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवैलाई पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै निलम्बित गरेका बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो ।

चैत्र ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेता नेपालसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको केही दिनमा नेपाल र रावलले जवाफ पठाएका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय