नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवैलाई पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै निलम्बित गरेका बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो ।
चैत्र ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेता नेपालसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको केही दिनमा नेपाल र रावलले जवाफ पठाएका थिए ।





![यस्तो छ माधव नेपाललाई निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको पत्र [पत्रसहित]](/wp-content/uploads/2021/03/madhav-nepal_CwxvUxQia4.jpg)






