रुसमा बसेर नेपाली भाषा-साहित्यको सेवा गर्दै आएका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । जगदम्बा पुरस्कार विजेता श्रेष्ठको सोमबार रुसको राजधानी मस्कोमा निधन भएको हो ।८३ वर्षीय श्रेष्ठले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए । उनले केन्द्रमार्फत रुसी-नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यमा योगदान पुर्याएका थिए । नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा संलग्न भएर श्रेष्ठ आधा शताब्दीयता नेपाली वाङ्मयको प्रचार र प्रवद्र्धनमा संलग्न थिए । उनलाई २०५९ सालमा प्रतिष्ठित जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत भाषा, साहित्य र नेपाल-रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् । श्रेष्ठले नेपाली साहित्यका महत्त्वपूर्ण कृतिहरू पनि रूसी भाषामा लगेर रूसी भाषाको साहित्यमा नेपाली कृतिहरूको स्थान सुरक्षित राखेका छन् ।उनले ‘यमलोकमा जिउँदो मान्छे’ लोककथा सङ्ग्रह, भानुभक्तको ‘लोकको गरुँ हित भनी’ बाङ्गदेलको ‘लङ्गडाको साथी’, विकलको ‘फूटपाथ मिनिस्टर्स’, देवकोटाको मुनामदन, सुनको विहान, गोनु झाको मैथिली लोकाख्यान कथाकुथुङ्ग्री, उत्तम कुँवरको स्रष्टा र साहित्यजस्ता कृतिहरूका साथै नेपाली कविहरूको कविता सङ्कलन पनि रूसी भाषामा अनुवाद गरेर गुनिलो काम गरेका छन् ।उनले ‘रूसी नेपाली शब्दकोष’, ‘नेपाली नेपाल भाषा शब्दकोष’ तथा ‘संक्षिप्त अङ्ग्रेजी नेपाली पारिभाषिक शब्दकोष’ पनि संकलन–सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor