चितवन- हुलाकी सडकमा परेका सालका रूख काट्न समन्वय नहुँदा पर्साको ठोरीमा कालोपत्रे सडकको बीचमै रूख ठडिएका छन् । सडकको बीचमै रहेका रूखबाटै कालोपत्रे गरिएको छ ।ठोरी क्षेत्रमा हुलाकी सडक बनाइरहेको कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले सडक खण्डमा पर्ने रूख कटानका लागि पटक-पटक इजाजत माग्दा पनि निकुञ्जले अनुमति नदिएपछि बीच सडकमा सालको रूख छाडेर कालोपत्रे गर्नुपरेको ठेकेदार कम्पनीले बताएको छ ।यसबाहेक मध्यवर्ती क्षेत्रमा सडक निर्माण भइरहेकाले त्यसलाई रोक्न निकुञ्जले निर्देशनसमेत दिएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए ।निकुञ्जको निर्देशनसँगै ठोरीको वडा नम्बर १ र २ मा सडक निर्माणको काम प्रभावित भएको छ । यसबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले रुख कटानका लागि ठेकदार कम्पनीले प्रक्रिया पूरा नगरेको हुँदा मन्त्रीस्तरीय निर्णय आवश्यक पर्ने बताए ।सडक निर्माणमा त्रिपक्षीय रूपमा कमजोरी रहेको स्थानीय बताउँछन् । हुलाकी सडक आयोजना, ठेकेदार कम्पनी र सरकारको लापरबाहीका कारण अहिलेको अवस्था आएको उनीहरूको बुझाइ छ । ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले फेसबुकमा पोस्ट गरेको सो फोटो सामाजिक सञ्जालमा ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै भाइरल भइरहेको छ ।
निकुञ्जले काट्न नदिएपछि सालको रूखमै कालोपत्रे सरर
सवालनेपालसंवाददातामंगलबार, १६ चैत २०७७

निकुञ्जले काट्न नदिएपछि सालको रूखमै कालोपत्रे सरर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



