विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको हस्ताक्षर केही प्रदेश सभा सदस्यले फिर्ता लिएका छन्। नेकपा एमालेको माधव नेपाल समूहका १६ जनाले सामूहिक रुपमा हस्ताक्षर फिर्ता गरेका हुन्।

बुधबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। निर्देशनपछि मंगलबार १६ जनाले हस्ताक्षर फिर्ता लिएका प्रदेशसभा सचिवालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत पुस १२ गते तत्कालीन नेकपा प्रचण्ड–माधव समूहका ३७ जनाले अविश्वास प्रस्ताव दर्ता गराए थिए। जसमध्ये पाँच जनाले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका थिए थाहाखबरमा समाचार छ ।