
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३२.१५ अंक बढेर २५७५.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.९९ अंक बढेर २५९६.६६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.३२ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५९ कम्पनीको १ कराेड ५६ लाख ४ हजार २० रुपैयाँ बराबरको ३१ हजार ८५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५३ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो अवधिमा स्थिर रहेको छ।