बुद्ध एयरले भैरहवा र नेपालगञ्जमा उडान थप गर्ने भएको छ।बुटवल–नारायणघाट सडकखण्डको विस्तारका कारण यात्रामा असहज भएको जनाउँदै हवाइ यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको हो।यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ।यसैगरी केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ।बुद्ध एयरले केही समयअगाडि मात्रै एटीआर७२ जहाज थप गरेको थियो। यसैगरी आउँदो मे महिनामा अर्को एटीआर७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए।जहाज थपिएसँगै ९ वटा एटीआर७२, तीनवटा एटीआर४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज बुद्ध एयरसँग रहेको छ।बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ।यीबाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ।
बुद्ध एयरले भैरहवामा दैनिक ९ र नेपालगञ्जमा ५ उडान गर्ने
सवालनेपालसंवाददाताबुधबार, १७ चैत २०७७

बुद्ध एयरले भैरहवामा दैनिक ९ र नेपालगञ्जमा ५ उडान गर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



