रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज शुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पु¥याउँदै आएको बताउनुभयो ।संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसङ्गीत प्रस्तुत गर्दै आएको बताउनुभयो । प्रतियोगितामा ३१ वटा गीतसङ्गीत प्रस्तुत गरिनेछ । रेडियो नेपालको वार्षिकोत्सव यही चैत २० गते हुँदैछ ।
रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता
सवालनेपालसंवाददाताबुधबार, १७ चैत २०७७

रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



