काठमाडौं उपत्यका करिडोरका सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि करिडोर व्यवस्थापन टोली (सिएमटी) खटाएको हो।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार १७ वटा मोटरसाइकलसहितको ट्राफिक प्रहरी करिडर व्यवस्थापनका लागि खटाइएको हो।बुधबार महाशाखा परिसरमा भएको एक कार्यक्रमबीच सिएमटीमा खटिने ट्राफिक प्रहरीहरूलाई एसएसपी भट्टाराईले छुट्टै फ्लोरिसेन्ट ज्याकेट वितरण गरेका थिए,’हाम्रा करिडोरहरू क्लियर राख्नुपर्छ भन्ने विचारका साथ यो टोली खटाइएको हो। पार्किङमा राखिएका गाडीहरूलाई हटाउनेदेखि जाम हुन नदिनेसम्म काम गर्छ,’एसएसपी भट्टराईले भने।

काठमाडौं उपत्यकामा करिडोरको बाटो प्रयोग गरेमा मूल सडकहरूमा जाम थोरै मात्रामा भए पनि कम हुने उद्देश्यले यो काम सुरू गरेको उनको भनाइ थियो।’हामीले करिडोरको निर्माण छिटो गर्न झकझक्याइरहेका थियौं,’ उनले भने,’त्यही अनुसार काम भएपछि हामीले फाइदा लिनुपर्छ भनेर यो टिमलाई खटाएका हौं।’महाशाखाले सिएमटी मोटरसाइकल सहितको टोलीलाई छुट्टाछुट्टै ठाउँ तोकिएको छ। उनीहरूले आफ्नो ठाउँमा जाम हुन नदिने, पार्किङ हटाउने लगायतका काम गर्ने र जनशक्तिको थप आवश्यकता अनुसार युनिट मागेर व्यवस्थापन गरिने एसएसपी भट्टराईले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah