
सुनसरी । इनरुवा नगरपालिकामा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इनरुवा–२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गढी गाँउपालिका–१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् । उनीहरूले इनरुवा
नगरपालिका–१ शान्ति चोकमा पार्किङ गरी राखेको रामधुनी नगरपालिका–७ बस्ने कुल बहादुर बस्नेतको नाममा दर्ता भएको को.१४ प ९० नम्वरको मोटरसाइकल चोरी गरेका थिए । चोरी गरेर लैजाँदै गर्दा इनरुवा नगरपालिका–२ नजिक सार्वजिक बाटोमा गाईलाई ठक्कर दिई दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोटरसाईकल सहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी
कार्यालय सुनसरीले जनाएको छ ।