काठमाण्डाै – वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बिहीवार एकैदिन २६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आज तीन वटा टाेलीका २६ जनाले अनुमति लिएका हुन् । यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् ।

अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका विभागकी प्रवक्ता मीरा आचार्यले जानकारी दिनुभयो । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टाेलीका एक सय ५१ जनाले अनुमति लिएका छन् ।

अनुमति लिएकामध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमतिबापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय