रासस, दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताउनुभयो । उहाँले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताउनुभयो । सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताउनुभयो ।
मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग
सवालनेपालसंवाददाताशुक्रबार, १९ चैत २०७७

मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



