
प्रधानमन्त्रीलाई आफूहरुले निर्दोष मानिसहरुलाई अन्याय नहोस भनेर समेत अनुरोध गरेको उनको भनाइ छ । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दोषीलाई उन्मुक्ति दिने कार्य नहुने भन्दै निर्दोषलाई सजाय नहोस भन्नेमा आफ्नो सहयोग र प्रयास रहने बताएका थिए ।’टीकापुर घटना दुःखद हो । थारूहरूलाई बदनाम गराउने दुष्प्रयास गराएको हो । असली दोषी समेत मलाई थाहा छ । सत्य तथ्य बाहिर छिट्टै आउने कुरामा विश्वस्त रहुनहोस्,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै झाले भने ।न्यायालयमाथि पूर्ण विश्वास रहेको बताउँदै अभियानले सङ्कलन गरेको तथ्य र प्रमाणहरु सहयोगी हुने प्रधानमन्त्रीको भनाइ थियो ।ओलीले भने, ‘हिंसालाई स्विकार गर्न सकिँदैन । शान्तिपूर्ण ढंगले आफ्नो कुरा राख्न पाउने लोकतान्त्रिक अधिकारलाई मैले उच्च प्राथमिकतामा राखेको छु ।’ अभियानले न्याय पाउन बिलम्ब नहोस् भनेर प्रधानमन्त्रीको ध्यानाकृष्ट गरेको झाले बताए ।