झापा । भद्रपुरबाट फेरि लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ४ निवासी २३ को सुमन धिमाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई भद्रपुर नगरपालिका ०५ स्थित झिम्की चौकबाट शुक्रवार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागु औषध फेनारगन २० एम्पुल, डाइजोपाम २० एम्पुल, लुपिजेसीक २० एम्पुल बरामद गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइएको छ ।

प्रहरीले भद्रपुर नगरपालिका ४ स्थित डाँगीवारिबाट बिहीबार राती साढे ८ बजे ९ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसहित अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी पक्राउ गरेको थियो । पछिल्लो समयमा भद्रपुर नाकाबाट प्रतिबन्धित लागु औषध भित्रिने क्रम बढ्न थालेको यी घटनाहरूले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय