दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता लिएसँगै पौडेल क्षेत्रीय अध्यक्ष बन्न सफल हुनुभएको हो । पौडेललाई अध्यक्ष बनाउन तिम्सिनालाई नाम फिर्ता लिन राप्रपा नेतृत्वले निक्कै मेहनत गर्नु पर्यो ।

४ बजेर २० मिनेट सम्म सहमतिका लागि निर्वाचन समितिले दुबै उमेद्धारलाई मिलेर आउन भन्दै आधा घण्टाको समय दिएको थियो । तर दुबै उमेद्धारले नाम फिर्ता नलिने अडान राखेपछि नेतृत्वलाई सर्बसम्मति अध्यक्ष बनाउन हम्मेहम्मे परेको थियो । उमेद्धारी फिर्ता लिएपछि तिम्सिनाले प्रतिक्रिया दिदै नेतृत्वको प्रेशर थेग्न नसकेर उमेद्धारी फिर्ता लिएको बताउनु भयो ।

उता अध्यक्ष बनेपछि पौडेलले पार्टीलाई सशक्त बनाउन सबै क्षेत्रका साथीहरुलाई समेटेर अघि बढ्ने भन्दै संगठन विस्तार गर्ने क्रममा सबै समेट्ने बताउनु भयो । उहाँले छुटेका सबैलाई पार्टीको विभिन्न तहमा लगिने भन्दै पार्टीलाई सक्षम बनाउन लागि पर्ने उल्लेख गर्नुभयो । अधिवेशनले अन्य १५ सदस्य पनि छनोट गरेको छ ।

जसमा दमक नगरपालिकाबाट ६ जना, गौरादह नगरपालिकाबाट ४ जना, कमल गाउँपालिकाबाट ३ जना र गौरीगञ्ज गाउँपालिकाबाट २ जना छन् । झापाको कमल गाउँपालिका वडा नम्बर–५ स्थित मंगलमय माविको सभाहलमा भएको क्षेत्रीय अधिवेशनमा पार्टीका केन्द्रिय सदस्यहरु लक्ष्मी प्रसाद संग्रौला, राजेश गिरी, प्रदेश १ का अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर