
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज ११ बजे निर्धारित स्थायी समिति बैठक स्थगित भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक केहि स्थायी समिति सदस्यहरु उपत्यकाबाहिर रहेकाले आजका लागि स्थगित गरिएको एक स्थायी समिति सदस्यले नेपालप्रेसलाई जानकारी दिए ।आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल र निर्णय गर्ने बताइएको थियो । त्यसका लागि आवश्यक गृहकार्य नपुगेका कारण पनि बैठक स्थगित भएको बताइएको छ । माओबादी नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न जसपा नेताहरुसँग सहमति गर्ने प्रयासमा छन् ।यसअघि नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको थियो ।२३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।