काठमाडौं । नेकपा माओवादी केन्द्रको आज ११ बजे निर्धारित स्थायी समिति बैठक स्थगित भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक केहि स्थायी समिति सदस्यहरु उपत्यकाबाहिर रहेकाले आजका लागि स्थगित गरिएको एक स्थायी समिति सदस्यले नेपालप्रेसलाई जानकारी दिए ।आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल र निर्णय गर्ने बताइएको थियो । त्यसका लागि आवश्यक गृहकार्य नपुगेका कारण पनि बैठक स्थगित भएको बताइएको छ । माओबादी नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न जसपा नेताहरुसँग सहमति गर्ने प्रयासमा छन् ।यसअघि नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको थियो ।२३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
सदस्यहरु उपत्यका बाहिर रहेकाले माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
सवालनेपालसंवाददाताआइतबार, २१ चैत २०७७

सदस्यहरु उपत्यका बाहिर रहेकाले माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



