बाँके, २३ चैत । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक काम बाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन ।

नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन । दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ । कोहलपुर नगरपालिका ८ की सविता बोहोरा, उनकी दिदी भूमिका बोहोरा र भतिजी कविता बुढा रुपैडियाको एक पसलमा कुर्तासुरुवाल मोलमोलाइ गरिरहेका थिए । ८ सयमा दिनुस् न दाइ ।

यो कोहपुरमै एक हजार रुपैयाँमा पाइन्छ, उनीहरुले भाउ घटाउन खोजे । पसल सञ्चालक रजा इमाम रिजिवी भन्दै थिए । ‘१२ सयको सामानलाई हजारमा दिएको छु । एक रुपैयाँ पनि घट्दैन ।’ रिजिवीले मास्क लगाएका थिएनन् ।

किशोरीहरुले लगाएको मास्क चिउँडोमुनि थियो । ‘कारोनाको डरले यो त लास्टै चोटि हो भन्छौं पहिलेको वाचा बिर्सन्छ फेरि आइहाल्छौँ, सविता भन्दै थिइन्, भारतमा कोरोना बढ्दो दरमा छ । त्यो पनि थाहा छ । सामान सस्तो पाइन्छ भनेर आउन मन लागिहाल्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah