
हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा २ मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१० का निवासी उनको सोमवार उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा ३ जना घाइते भएका र उनीहरूको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । आइतवार राति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरू हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।