काठमाडौं– नेपालकै पहिलो केबुलकार मनकामना केबुलकारको सेवा आगामी चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल ह्विल बेरिङ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत संभारको लागि अष्ट्रियाबाट आएका प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो ।उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।मर्मत सम्भार पश्चात आगामी चैत ३१ गतेदेखि पुन: नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा।लि। एउटा प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय