काठमाडौं । बागमती प्रदेश सभाको बैठक मंगलबार एक बजे बस्ने भएको छ । यस अघि प्रचण्ड-नेपाल समूहले पेस गरेको अविश्वासको प्रस्तावका कारण सहज रुपमा बस्न नसकेको सो बैठक मंगलबार बस्न लागेको हो । कार्यसूची किटान भइनसके पनि बैठकमा राष्ट्रिय सरोकारका विषयबारे जानकारी दिइने बताइएको छ ।

यसअघि बागमति प्रदेशको प्रदेश बैठक पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध २०७७ पुस १० मा अविश्वासको प्रस्ताव पेस भएको थियो । जसका कारण मुख्यमन्त्रीको पद धरापमा परेका थियो । तर, एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्रीको पद सुरक्षित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय