
काठमाडौं । नेपाल सरकारका चार मन्त्रीको सांसद पद आजदेखि जाने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर मन्त्री बन्न नेकपा (एमाले)तर्फ लागेका मन्त्रीहरुको सांसद पद आजबाट रिक्त हुने भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट तथा गौरीशंकर चौधरी सर्वोच्च अदालतको आदेशबाट पार्टी एकता भंग भएपछि मन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेका थिए ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३६ मा भनिएको छ, “स्थान रिक्त हुने : दफा ३५ बमोजिम सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले सम्बन्धित सभा वा सदनलाई दिएपछि वा सम्बसन्धत सचिवालयको सूचना पाटस्मा भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिनेछ ।” नेकपा (माओवादी केन्द्र)ले गएको मंगलबार प्रतिनिधिसभाका सदस्यसमेत रहेका चार मन्त्रीहरुले दल त्याग गरेको निर्णय गरी त्यसको सूचना संसद् सचिवालयमा बुझाएको थियो । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा सभामुखले त्यो सूचना पढेर सुनाउने कार्यसूची छ ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया