काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाकाे पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

थपिएका तीन सय ३२ सहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म काेराेनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेकाे छ । मन्त्रालयका अनुसार अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय