भद्रपुर । झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँपालिका र गौरादह नगरपालिका को भूभागलाई समेटेर चीन सरकारको लगानीमा निर्माण गर्ने भनिएको “ नेपाल चीन औद्योगिक मैत्री पार्क“ को जग्गाको मुआब्जा वितरण को विषयले उग्र रूप लिने देखिएको छ । चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत करिब ६५ अर्बको लगानी रहने भनिएको उक्त मैत्री पार्कको निर्माणको लागि आफ्नो सदियौं वर्ष पुरानो हक भोग कायम रहेको जग्गाको मुआब्जा वितरणमा सरकारले लापरबाही गरी सर्वसाधारण जनतालाई उठिबास लगाउन आँटेको भनी स्थानीयबासीबाट एक संघर्ष समिति नै गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

दमक औद्योगिक पार्क सङ्घर्ष समिति नाम दिइएको समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको भनी कडा आपत्ति जनाएको छ । उनीहरूले आफ्नो मागको सम्बोधन होस् भनी नेपाल सरकारका सबै सरोकारवाला कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् तर हालसम्म सरकारका कुनै निकायले पनि पीडितको आवाज नसुनेकोमा दुःख प्रकट गरेका छन् । सङ्घर्ष समितिले नेपालका सबै राजनैतिक दललाई ध्यानाकर्षण पत्र बुझाएकोमा संघीय लिम्बुवान मञ्चले मात्र पीडितको आवाजको पक्षमा बोलेको छ ।
चैत्र २४ गते सङ्घर्ष समितिको आयोजनामा झापाको दमक,कमल र गौरादह नगरपालिका बाट २५ वटा सार्वजनिक बसमा सदरमुकाम भद्रपुर पुगेका १५०० पीडितहरुले झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाइएको हो । सङ्घर्ष समितिका संयोजक खगेन्द्र भट्टराईको संयोजनमा ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइ चन्द्रगढी चोकमा एक कोण सभा सम्पन्न भएको छ । सभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मन्चका जिल्ला अध्यक्ष धन बहादुर पन्धाकले पीडितको आवाजको सुनुवाई गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए । अध्यक्ष पन्धाकले क्लिन पार्कबाट पीडित सर्वसाधारणको आवाजलाई लिम्बुवानले साथ दिने बताए ।
कोण सभालाई सङ्घर्ष समितिका संयोजक खगेन्द्र भट्टराईले क्लिन पार्क बाट पीडितको आवाज सुनुवाई गर्न सरकारको ध्यााकर्षण गरे । क्लिन पार्क के हो? पार्क मा के के बन्छ त्यो स्थानीय जग्गादातालाई थाहा नै नभएकोले त्यसको पूरा जानकारी आफूहरुलाई गराउन माग गरे । पार्क व्यवस्थापनले स्थानीय जग्गादाताहरुको जग्गाको मुआब्जा वितरणमा गल्ती गरेकोले आफूहरु कुनै पनि हालतमा कौडीको मूल्यमा आफ्नो जग्गा नदिने र आवश्यक परे निर्णायक आन्दोलन नै गर्ने बताए । विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी सर्वसाधारण पीडितहरु चन्द्रगढी पुगेका थिए ।
स्थानीय पीडित,संघर्ष समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मन्चले गत पुस १४ गते दमक र फागुन ५ गते गौरादहमा वृहत र्याली र विरोध सभा सम्पन्न गरेको छ ।
ओली सरकारले हतारमा शिलान्यास गरेको नेपाल चीन औद्योगिक मैत्री पार्क सिलान्यासमा मात्रै सीमित हुने सम्भावना देखियो । सरोकारवालाको मागको सम्बोधन नभए निर्माणमा आउने जो कोही सँग पनि प्रतिकार हुन सक्ने एक पीडित सुर्य राईले बताए । आफूहरु ज्यान दिने तर जमीन नदिने अधिकांश को भनाई रहेको थियो । प्रश्न र आशंका उब्जिएको छ –ओलीको चुनावी नारा दमक क्लिन पार्क हात्ती आयो हात्ती आयो फुस्सामा सीमित त हुँदैन ?

के छ ज्ञापनपत्रमा ?
हाम्रो पार्टीको स्थापना काल देखिकै मुद्धा आदिवासी जनजाति हरुको आधार रहेको आई एल ओ(क्ष्ीइ) १६९ अन्तर्गत जल,जमीन,जंगल र राज्यको हरेक निकायमा जनजाति आदिवासीको अर्थपूर्ण सहभागिता र आरक्षण साथै राज्यको विकास,निर्माण अनि योजना तर्जुमामा समानुपातिक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने हो । तर लिम्बुवानी भूमि भित्र निर्माण गरिने हरेक राष्ट्रिय सरोकारका दीर्घकालीन आयोजनामा पहिचानवादी लाई पाखा लगाएर कार्यान्वयन गर्न खोजिएको मा हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च विकास विरोधी पटक्कै होइन तर विकासको निहुँमा सर्वसाधारण गरीब,दलित,आदिवासी लाई पाखा लगाउन खोजेकोमा हाम्रो गम्भीर ध्यान आकर्षण भएकै हो। झापाको दमकमा निर्माण गरिने भनिएको नेपाल चीन मैत्री पार्क ( दमक क्लिन पार्क) के हो? सो पार्कमा के–के निर्माण गरिने हो? त्यसको वास्तविकता हाम्रो पार्टीलाई थाहा हुनु पर्यो । क्लिन पार्क बन्ने भनिएको स्थानका जनताको जग्गाको मुआब्जा वितरण मा वैज्ञानिकता भएन भनी सङ्घर्ष समिति गठन भई आवाज उठाइ रहेकोमा उनीहरूको आवाजको सुनुवाई हुनु पर्यो। क्लिन पार्क पीडितहरुले नेपालका सबै राजनैतिक दल र सरोकार निकायमा ज्ञापन पत्र बुझाएको भएता पनि हालसम्म कुनै सुनुवाई नभएको मा हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ। पीडितको आवाज सुनुवाई गरी न्यायोचित सम्बोधन होस् ।

 

 

टाइम्स अफ प्रदेश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah