काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ। शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार राति सुनेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्। गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको हो। गेस्ट हाउसले राखेको रेकर्ड अनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको देखिएको एसपी बस्नेतले बताए।

क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। गेस्टहाउसमा मृत अवस्थामा फेला परेका स्याङ्जाका ३० वर्षीय नारायणबहादुर क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो। धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ। शरिरमा बाहिरी चोट पटक नदेखिएको र थप कुरा पोष्टमर्टमपछि खुल्ने प्रहरीले जनाएको छ।