विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले आफुहरुले नगरपालिकाको स्वामित्वमा रहेको जग्गा खाली गराउदा यहाँ बसोबास रहेकाहरुको अधिकतम माग पुरा गरेको दाबी गरेकीछन् । वास्तविक सुकुम्बासीलाई तथा घर नहुनेलाई घर बनाईदिने र घर नबनेसम्म घरभाडा तिरिदिने भनेका छौ, अधिकारीले भनिन् ।

अनावआवश्यक रुपमा यस बिषयलाई स्वार्थपुर्तिका लागि उचाल्ने काम भएको भन्दै सबै राजनीतिक दलहरुको बिगतको सहमति र साझा प्रतिबद्धताका आधारमा नै दमक ७ को नगरपालिकाको स्वामित्वको जग्गा खालि गरिएको उनको भनाई थियो । यो भन्दा अघि पनि जग्गा खालि गराउने प्रयास भएको थियो ।

२०७१ सालमा यहाँ क्रियाशिल सबै राजनीतिक दलहरुले दमक १२ को पशुहाट लगायत यहाँ रहेका सबै नगरपालिकाको स्वामित्वमा रहेका तथा सार्वजनिक जग्गा खाली गराउन भनेको स्मरण गर्दै अहिले आएर यस बिषय उचाल्नु भन्दा वास्तविक सुकुम्बासीहरुलाई ब्यवस्थापन गर्न सहयोग गनुृ बुद्धिमानी हुनेमा उनको जोड थियो ।

दमक नगरपालिकामा पत्रकार सम्मेलनमा नगरपालिकाको प्रवक्ताको तर्फबाट बिज्ञप्ति जारी गर्दै अधिकारीले पटकपटक सार्वजनिक सूचना र अपिल गरेरमात्र त्यहाँ रहेका संरचना भत्काईएको प्रष्ट पारेकीछन् । सूचनालाई मानेर कतिपयले नगरपालिकामा आएर घरभाडा तथा सामान ओसारपसारमा खर्च पनि बुझेको पाईएको छ ।

अझ पनि कही कतै आफ्नो जग्गा जमिन समेत नभएका परिवारलाई नगरपालिकाले यथाउचित प्रवन्ध गर्नेछ, अधिकारीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । नगरपालिकाले बिना सूचना र कुनै ब्यवस्थापन नगरी जमिन खाली गराएको भन्नेमा सत्यता नरहेको आएर नगरपालिकामा दस्तावेज हेर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय