राष्ट्रिय खबर

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र ३०, ११:५३

सोमवारका लागि तय भएको  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।सोमवार दिउँसो २ बजेका लागि बैठक तय भएको थियो । बैठकमा  क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायतका विषयमा छलफल हुने बताइएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु