काठमाडौं। युरोपेली संघको कपर्निकस एटमस्फियर मनिटरिङ सर्भिस (सीएएमएस)ले पछिल्लो एक महिनामा नेपालका जंगलमा लागेको डढेलोले १८ मेगा टन कार्बन उत्सर्जन गरेको तथ्य सार्वजनिक गरेको छ। यो कार्बन उत्सर्जन सन् २०१६ पछिको धेरै हो। सन् २०१६ मा सबैभन्दा बढी २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो।
सीएएमएसले भूउपग्रहबाट लिइएको तस्वीरका आधारमा कार्बनको मात्र मापन गरिएको जनाएको छ। पछिल्ला दिन कार्बन उत्सर्जन बढ्दै गएकोमा उक्त संस्थाले चिन्ता व्यक्त गरेको छ।



