दमक/ झापाको दमकमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । दोश्रो चरणमा देखिएको कोरोना संक्रमण अन्र्तगत झापामा सबैभन्दा बढि दमकमा नै कोरोना संक्रमितहरु देखिन थालेकाहुन् । एक बृद्धको ज्यान पनि गएको छ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि पुर्व तयारी वा कहि पनि शर्तकता अपनाएको पाईदैन । यसले गर्दा कोरोना संक्रमणदर बढ्दै जाँदा समस्या उत्पन्न हुने खतरा रहने स्वास्थ्यकर्मीहरुले बताउदै आएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक सहित झापामा नै बिद्यालय तथा बढि भेला हुने क्षेत्रहरुमा पनि मापदण्ड पालना गरिएको देखिदैन । बजार तथा पसल र सरकारी निकायमा पनि कोरोना संक्रमण रोक्नका लागि आवश्यक सावधानी अपनाएको भेटिदैन ।