रुकुम । रुकुम पश्चिमका मालपोत कार्यालयका हाकिमले रक्सी पिएर सेवा प्रवाहमा मनपरी गरेपछि फक्राउ गरिएको छ । रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापर्बाही गरेको गुनासो प्रहरीमा पुगेपछि निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।उनीमाथि कार्यलयमै रक्सी पिएर आएको र सेवा प्रवाहमा लापर्बाही गरेको चार्ज लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार प्रमुख खड्कालाई प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिनेछ ।
रक्सी पिएर कार्यालयमा मनपरी गर्ने मालपोतका हाकिम पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ३० चैत २०७७

रक्सी पिएर कार्यालयमा मनपरी गर्ने मालपोतका हाकिम पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



