काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहरी क्षेत्रका विद्यायलय २० दिनसम्म भौतिक रूपमा बन्द गरेर अनलाइनमार्फत सञ्चालन गर्न सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहरको जोखिमलाई ध्यानमा राखेर सहरी क्षेत्रका विद्यालय २० दिनसम्म बन्द गरेर अनलाइनबाट सञ्चालन गर्न मन्त्रिरिषद्लाई सिफारिस गरेको जनाएका हुन् ।“अहिले जुन उमेर समूहमा संक्रमण फैलिएको छ, यसबारे सरकार एकदमै संवेदनशील भएको छ । हामीले सहरी क्षेत्रका विद्यालय २० दिनसम्म अनलाइन माध्यमबाट सञ्चालन गर्न सिफारिस गरेका छौँ । इन्टरनेट सेवा उपलब्ध भएका क्षेत्रमा मात्रै विद्यालयमा भौतिक उपस्थिति कम भयो भने बालबालिकालाई संक्रमणबाट जोगाउन सकिने हाम्रो आँकलन छ । मन्त्रीपरिषद्ले परिपक्व र पालना हुने निर्णय लिनुपर्ने भएकाले हिजो बसेको बैठकले संक्रमणको विषयमा केही निर्णय नलिएको हो, विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रीपरिषद्ले केही दिनमा नै ठोस निर्णय लिनेछ,” मन्त्री त्रिपाठीले भने । उनले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको पनि स्पष्ट पारे ।
सहरी क्षेत्रका विद्यालय २० दिनसम्म बन्द गर्न सिफारिस, लकडाउन गर्ने योजना छैन
सवालनेपालसंवाददातामंगलबार, ३० चैत २०७७

सहरी क्षेत्रका विद्यालय २० दिनसम्म बन्द गर्न सिफारिस, लकडाउन गर्ने योजना छैन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



