पेल्टिमारी, इलाम को चुलाचुली गाउ पालिका वडा नं ४ स्थित आइतबारे मा आज बजार ब्यवस्थापन समिति ले आयोजना गरेको बजार सरसफाइ अभियान को अवसर मा समाजसेवी ब्यतित्व युवराज गजमेर ले आइतबारे बजार समिती लाई ५० हजार बराबर को ५ वटा डस्ट्बिन र १० हजार बराबर को डस्टबिन गाउ पालिका लाई हस्तान्तरण गर्नु भएको छ । आगामी बैशाख ५ गतेबाट आईतबारे बजारमा पुनः हाट लगाउने निर्णय तथा तयारी स्वरुप आज बजार ब्यवस्थापन समिति ले गरेको बजार सरसफाइ कार्यक्रममा सो डस्टबिन वितरण गर्नुभएको हो । गाउ पालिका अध्यक्ष प्रदिप चन्द्र राइ प्रमुख अतिथी रहनु भएको उक्त कायक्रमा बिशिस्ट अतिथी हरु मा गाउ पालिका उप प्रमुख निर्मला दहाल वडा नं ४ का वडा अध्यक्ष कालिदाश भट्टराइ तथा युवा समाजसेवी युवराज गजमेर हुनुहुन्थ्यो ।

चुलाचुली ४ मा जन्म भै हाल दमकमा व्यवसाय गर्दै आउनुभएका गजमेरले गाँउ विकासको अभियानमा सरसफाई अभियानले बिशेष महत्व राख्ने भन्दै उक्त अभियानमा जोडिन पाँउदा खुसी व्याक्त गर्नुभयो । यो भन्दा अघाडी नै वहाँ ले बजार क्षेत्र मा १ लाख २० हजार रुपैया को लगानी मा सार्वजानिक खानेपानी को बोरिङ्ग को समेत प्रवन्ध गरिदिनु भएको छ । सो क्षेत्रमा अहिले सम्म उचित खानेपानिको प्रबन्ध छैन भने खानेपानी लिनका लागी घण्टौ टाढा जानुपर्ने अवस्था छ । निज गजमेरले यसै गाउपालीका ४ स्थित गैरी गाउमा समेत खानेपानिको (ईनार) को व्यस्था गरिदिनुभएको छ ।

हाल दमकमा रहेरपनि आफु् जन्मेको ठाँउको विकासमा गरेको विशेस योगदानको मुल्यंकन गर्दै चुलाचुली विकास मञ्च, काठमाण्डौले मिति २०७७ चैत २८ गते शनिवार काठमाण्डौमा एक कार्यक्रममार्फत विषेश सम्मान गरेको थियो ।

हाल दमक १ मा बसोवास गर्दै आउनुभएका उहाँ दमक ५ स्थीत कर्नरस्टोन फाउण्डेसन का संथापक हुनुहुन्छ । अमेरिकन बेस मण्टेश्वरी स्कुलको रुपमा संचालनरत यस विद्यालयले कक्षा प्लेग्रुप देखि पाँच सम्मका नानी बाबुहरुलाई संस्कार सहितको प्रविधि मैत्री शिक्षा दिईरको छ । पुर्णकालीन स्वथ्यया नर्स, तालिम प्राप्त शिक्षिकाहरु, बाल मैत्री कक्षा कोठा तथा पर्याप्त खेल खेलौनाका कारण साना विद्यार्थीहरु तथा अभिभावकहरुको पहिलो रोजाई बन्ने गरेको छ । गजमेर लाईन्स क्लब अफ दमक ईस्टरलाईन्स का दृतिय उपाधाक्ष्य पनि हुनुहुन्छ भने गएको कोरना महामारीमा व्याक्तिगत रुपमा ३५० भन्दा धेरै परिवारलाई तिन लाख पचास हजार भन्दा धेरैको राहात वितरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah