सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न ६ हिमाल सफाइ अभियानअन्तर्गत शुभारम्भ गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच सफा हिमाल अभियानमा खटिने विभिन्न पाँच टोलीलाई अभियानको ब्यानर हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् । टोलीले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमरी र आमादब्लम हिमालको सफाइ गर्नेछ । २ वैशाखबाट सुरु हुने अभियानमा प्रत्येक हिमाल सफाइमा सेनानी तथा सहसेनानीको नेतृत्वमा जनशक्ति परिचालन हुनेछ ।सरकारको राष्ट्रिय अभियान तथा ‘श्री प्रधान सेनापतिको कमान्ड मार्गनिर्देशन–२०७५’ मा उल्लेख भएबमोजिम हिमाल सफाइ कार्यक्रमको निरन्तरता दिइएको हो । ‘सेफ द हिमाल फर द फ्युचर’ भन्ने नाराका साथ सञ्चालन हुने अभियानबाट ३५ टन फोहोर संकलन गरी व्यवस्थापन गरिनेछ । जसमध्ये सगरमाथाको आधार शिविरमाथिबाट मात्रै १८ टन फोहोर उठाइने लक्ष्य लिइएको छ ।

यसरी संकलित फोहोर हवाई उडान तथा सडक यातायातबाट काठमाडौं ल्याइनेछ ।  कार्यक्रममा सेनापति थापाले सेनाले हिमाली क्षेत्रको भौगोलिक विकटता, कठोर मौसमी अवस्था तथा जटिल परिस्थितिमा पनि खोज तथा उद्धारको कार्य गरी आफ्नो कौशलता प्रदान गर्नेक्रममा सयौैँ व्यक्तिको उद्धार तथा शवको व्यवस्थापन गर्न सफल भएको बताए । उनले अभियानबाट मनोरम हिमशृंखलाको संरक्षणका साथै वातावरण प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकाले अभियानको सान्दर्भिकता बढ्ने विश्वास  व्यक्त गरे ।  कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले हिमाल मुलुकको पर्यटनको प्रमुख आधार तथा ‘माउन्टेन इकोनोमी’ को प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले जलवायु परिवर्तनको जोखिम कम गर्न अभियान सार्थक हुने विश्वास व्यक्त गरे । उनले हिमाल सफाइ अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिन मन्त्रालयले सरकारको नीति तथा कार्यक्रम र आगामी आवको बजेटमा समेट्ने गरी मन्त्रालयले पहल गरिरहेको पनि जानकारी दिए ।

वातावरण प्रदूषण नियन्त्रण तथा दक्षिण एसियाकै पानीको मुहानका रूपमा रहेको हिमशृंखलाको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न अभियानले सहयोग पुग्ने जनाइएको छ । हिमाल तथा हिमाली क्षेत्रमा फोहोर सफाइ गरिनुका साथै फोहोरै हुन नदिने गरी सचेता अभियान पनि सञ्चालन गरिने अयोजकको भनाइ छ । यस अभियानले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका साथै वातावरणीय सन्तुलन कायम गर्दै दिगो पर्यावरणमा मद्दत पुग्ने विश्वास लिइएको छ ।सफा हिमाल अभियानका संयोजक सेनानी आदित्य कार्कीले ६ हिमाल सफाइका लागि १ सय २७ जनाको तालिमप्राप्त जनशक्ति तयार गरिएको छ । जसमध्ये ८४ जना सफाइमा खटिनेछन् । यसमा सेनाका ४३ र शेर्पा समुदायका ६५ सहभागी हुनेछन् । उनका अनुसार नेपाली सेनाको अधिकतम स्रोत–साधनको सदुपयोग तथा दर्जनभन्दा बढी सरकारी, निजी तथा गैरसरकारी संस्थाको सहयोगमा अभियान सञ्चालन गरिनेछ । यो अभियानका लागि १२ करोड ५५ लाख ७१ हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।

नेपाली सेनाको संयोजन तथा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वातावरण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत विभिन्न निजी संघसंस्था र गैरसरकारी संस्थाको सहयोगमा सफाइ अभियान सञ्चालन गरिएको हो । अघिल्लोपटक २०७६ वैशाख १ देखि २२ सम्म सगरमाथाको सफाइ गरी करिब १० टन फोहोर तथा चार शव व्यवस्थापन गरिएको थियो । २०७७ मा पनि सफाइ अभियानको तयारी गरिएकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।राष्ट्रिय अभियानका रूपमा सम्बद्ध सबै निकाय तथा संघसंस्थालाई समेटेर सबैको संयुक्त प्रयास तथा पहलबाट नेपालको गहनाका रूपमा रहेका मुख्य हिमालको सफाइ गर्नेजस्तो पवित्र कार्यलाई सफलतापूर्वक सञ्चालन गरी कोभिड–१९ महामारीका कारण शिथिल भएको नेपालको पर्वतारोहण तथा समग्र पर्यटन व्यवसायलाई उकास्न सफल हुने नेपाली सेनाले विश्‍वास लिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah