विराटनगर : विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो ।

कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४:३० बजेतिर मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि नोबेलले रेफर गरेर उनलाई थप उपचारका लागि बुधबार दिउँसो कोसी अस्पताल पठाएको थियो । भगतका अनुसार कोसी ल्याउँदा महिलाको अवस्था चिन्ताजनक थियो ।

शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए । मृतक महिलाका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको पनि कोसी मै उपचार भइरहेको भगतले बताए ।