गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य गरिएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले दिएको जानकारीअनुसार बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो।मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए। अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयमा बिहानै दर्ता भएको छ। बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड