बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा एक साता विद्यालय बन्द गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम बढेको भन्दै उपमहानगरभित्रका सबै वडाका विद्यालय भोलि (शुक्रबार) देखि बन्द गरिने भएको छ ।



