प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको भेटवार्तामा सहभागी जसपका नेता लक्ष्मणलाल कर्णका अनुसार मुद्दा सम्बोधनका विषयमा कुराकानी भएको हो ।

'हामीले हाम्रो मुद्दा कति सम्बोधन भयो, कुन-कुन प्रक्रिया अगाडि बढ्यो, के गर्दै हुनुहुन्छ ? भनेर सोधेका थियौं,' जसपाद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता कर्णले लोकान्तरसँग भने, 'जवाफमा प्रधानमन्त्रीज्यूले गर्दैछौं, सम्बोधन हुँदैछ भनेर पुरानै कुरा दोहोर्‍याउनुभयो ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालसम्म कुनै ठोस उपलब्धि भने हासिल नभएको कर्णले बताए ।

सत्ता समीकरणमा निर्णायक रहेको जसपाले हालसम्म समीकरणका विषयमा निर्णय लिन सकेको छैन ।

जसपाको एउटा पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्को पक्ष कांग्रेस-माओवादी गठबन्धनसँग निकट देखिँदै आएका छन् ।