जबरजस्ती करणी मुद्दामा बयान फर्ने एक युवतीले १ महिना कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ ।

बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेरेपछि ती युवतीलाई दाङ देउखुरी जिल्ला अदालतले हालै १ महिना कैद सजाय तोकेको हो ।

ती युवतीले घोराहीका ३ जना युवाले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरी दिएका १ बालिका र युवतीले अदालतमा फागुन ४ गते गरेको बकपत्रमा बलात्कार नभई ती ३ युवालाई दुःख दिन उजुरी हालेको भनेका छन् ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकले इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय निर्धारण गरेको हो । न्यायाधीश थापाको इजलासले झूटा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको ठहर गरेको छ ।

अदालतले १ जनालाई नाबालिग भएकाले छोडिएको छ । अर्की जाहेरवाला युवतीलाई भने उल्टै कसूरदार ठहर गर्दै कैदको फैसला गरेको हो ।

बलात्कार आरोप लगाउने युवतीले ३ जना युवालाई २५/२५ हजार रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने फैसला गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah