काठमाडौं । उपत्यकाकाे वायु प्रदुषणमा सुधार आएको छ । झण्डै एकमहिनादेखि विश्वको प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा रहदै आएको काठमाडौको वायुमा सकरात्मक सुधार भएकाे हो ।
शुक्रवार विहान ८ बजेको सूचांक अनुसार काठमाडौंको वायु प्रदुषणको मात्रा १ सय १६ रहेको छ । योसँगै प्रदुषित शहरको सूचीको ११ औं स्थानमा झरेको हो।
बिहीबार राति चलेको हावाहुरी र छिटफुट भएको वर्षापछि यहाँको वायुमण्डलमा रहेको प्रदुषणयुक्त तह हटेको हो । तर अझै वायु प्रदुषणको मात्रा भने स्वास्थ्यका लागि खतराकै अवस्थामा रहेको छ ।



