बागलुङ । यहाँ चट्याङका कारण दुई जनाको ज्यान गएको छ । गएराति परेकाे चट्याङका कारण बाग्लुङ र स्याङ्जाका दुई जनाको ज्यान गएकाे हाे ।
मृत्यु हुनेमा ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल र स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको हो ।
त्यसैगरी चट्याङ लागेर ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।



