झापामा आज थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा ४ महिला र ४ जना पुरुष रहेका छन् । संक्रमितहरु कन्काई-८ र ३ नं. वार्डका १ महिला र १ पुरुष, बिर्तामोड-४ र ५ का २ महिला १ पुरुष, शिवसताक्षी-८ का १ महिला र १ पुरुष रहेका छन् भने, दमक-६ का १ पुरुष रहेका छन् । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ६ सय ७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो । संक्रमित सबै स्थनीय रहेका छन् ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ३ जना डिस्चाज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ । झापामा हालसम्म ३७ हजार २ सय ४९ जनाको पीसीआर गरिएको जनाइएको छ । झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २९ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।




