काठमाण्डौ – काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बसेको बैठकले कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीले गरेको छ ।