काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनको माडी पुगेर बन्दै गरेको राम मन्दिरमा पुगे । अयोध्यापुरीमा बन्दै गरेको राम मन्दिरमा पुगेर राम जन्मभूमी अयोध्या हो भनी प्रमाणित गर्नुपर्नेमा जोड दिए ।चीतवनको अयोध्यापुरी प्रचण्डको गृहक्षेत्र हो । जहाँ राम मन्दिरको शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी अयोध्या नेपालमै भएको तर्क गरेको स्थान प्रचण्डको गृह क्षेत्र हो ।प्रचण्डले राम मन्दिर निर्माणस्थलको नीरिक्षणका क्रममा कम्युनिस्टहरुले पनि धर्म मान्ने बताए । उनले भने, कम्युनिस्टहरु धर्म मान्दैनन् भन्ने झुटो प्रचर हो ।विगतमा ६० वर्ष पुगेकालाई कम्युनिस्टले मार्छन् भनी झुटो प्रचार गरिएको स्मरण गराउँदै प्रचण्डले अहिले पनि धर्म मान्दैनन् भनेर अफवाह फैलाइएको बताए । उनले कम्युनिस्टहरुले धार्मिक आस्थाको सम्मान गर्ने बताए ।पछिल्लो समय कम्युनिस्ट नेताहरु मठ मन्दिर जाने क्रम चलिरहँदा प्रचण्ड अयोध्यापुरीस्थित राम मन्दिर निर्माणस्थल पुगेका हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।यसैगरी, प्रचण्डले आजै पार्टीको कार्यक्रममा पनि सहभागिता जनाए ।
प्रचण्ड राम मन्दिर निर्माणस्थलको नीरिक्षणमा पुगेपछि…
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

प्रचण्ड राम मन्दिर निर्माणस्थलको नीरिक्षणमा पुगेपछि…
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



